Privacy Policy

Home Term and Conditions

Last Updated: 03 Jan, 2026
तल लेखिएका सेवा सर्तहरू (“सर्तहरू”) Sawari Rental (“Sawario.com”, “हामी”, “हाम्रो”) द्वारा प्रदान गरिने अनलाइन सवारी साधन सूचीकरण तथा सम्पर्क सेवाको प्रयोग गर्दा लागू हुने कानुनी सम्झौता हो। Sawario.com वेबसाइट मार्फत online booking गर्ने प्रत्येक व्यक्ति (“यात्री/Customer” वा “सवारी साधन धनी/Vehicle Owner”) ले यी सर्तहरू पूर्ण रूपमा पढी, बुझी र स्वीकार गरेको मानिनेछ। साथै, Sawario.com मा सूचीकरण गरिएका सवारी साधनहरू विभिन्न travellers, travel owners तथा agencies का हुन् । ती सवारी साधनहरूको भाडा दर, सर्त–नियम तथा सम्पूर्ण जानकारी सम्बन्धित सवारी साधन धनी वा agency कै आफ्नै हुन्छ र त्यसका लागि उनीहरू स्वयं जिम्मेवार हुनेछन्।

Sawari Rental (Sawario.com) एक अनलाइन प्लेटफर्म हो, जहाँ विभिन्न travellers, travel owners, agencies तथा व्यक्तिगत सवारी साधन धनीहरूले आफ्ना सवारी साधनहरू भाडामा दिनका लागि सूचीकरण (listing) गर्छन्। हाम्रो वेबसाइटमा देखाइएका सबै सवारी साधन, तिनका भाडा दर (rate), सर्त–नियम, उपलब्धता, विवरण तथा अन्य जानकारी सम्बन्धित सवारी साधन धनी वा एजेंसीहरूकै आफ्नै जिम्मेवारीमा आधारित हुन्छन्।

Sawari Rental ले सवारी साधनहरूको भाडा दर निर्धारण गर्दैन र न त सवारी साधन धनी तथा यात्रुबीच हुने सम्झौता, भुक्तानी, सेवा गुणस्तर, ढिलाइ, रद्द (cancellation), दुर्घटना, क्षति वा कुनै पनि प्रकारका विवादका लागि प्रत्यक्ष रूपमा जिम्मेवार हुन्छ। यस सम्बन्धमा उत्पन्न हुने सम्पूर्ण जिम्मेवारी सम्बन्धित सवारी साधन धनी, travel agency वा यात्रु स्वयंको हुनेछ।

हाम्रो प्लेटफर्मको मुख्य उद्देश्य सवारी साधन धनी र यात्रुबीच प्रत्यक्ष सम्पर्क गराइदिनु मात्र हो। Sawari Rental कुनै पनि सवारी साधनको वास्तविक सञ्चालन, चालकको व्यवहार, कानुनी कागजात, बीमा, कर, वा अन्य दायित्वहरूको जिम्मेवार हुने छैन।

Sawari Rental को सेवा प्रयोग गरेर सवारी साधन सूचीकरण गर्ने वा भाडामा लिने प्रत्येक पक्षले माथि उल्लेखित सर्तहरू स्वीकार गरेको मानिनेछ।

1, सेवाको प्रकृति
Sawari Rental एक अनलाइन प्लेटफर्म मात्र हो, जसले सवारी साधन धनी र यात्रुबीच सम्पर्क स्थापित गर्ने सुविधा प्रदान गर्छ।
Sawari Rental ले: सवारी भाडामा दिने, सवारी सञ्चालन गर्ने, चालक उपलब्ध गराउने, वा प्रत्यक्ष यातायात सेवा प्रदान गर्ने कार्य गर्दैन।
2, प्रयोगकर्ताको योग्यता
a, सेवा प्रयोग गर्ने व्यक्ति कम्तिमा १८ वर्ष पूरा भएको र कानुनी रूपमा सम्झौता गर्न सक्षम हुनुपर्छ।
b, Sawari Rental को माध्यम बाट चल्ने सवारी Sawari Rental मा दर्ता भयेको हुनुपर्छ।
c, सवारी चालकले ट्राफिक नियम, कानुनी नियम र Sawari Rental का नियम पालना गर्नुपर्छ।
d, Valid Licence, Insurance वा Sawari का कागजात नभएका गाडी/चालकलाई अनुमति छैन। 
e, अनधिकृत गाडी प्रयोग हुँदा दुर्घटना वा क्षति भएमा, पूर्ण जिम्मेवारी गाडी मालिकको हुनेछ।

3, महत्वपूर्ण बुकिङ स्पष्टिकरण
(यात्री तथा सवारी साधन धनी दुबैका लागि)**
(यस खण्डको सामग्री तपाईंले अघि स्वीकृत गर्नुभएको कानुनी क्लज नै मानिनेछ र यहाँ पूर्ण रूपमा लागू हुनेछ।)
Sawari Rental केवल सवारी साधन धनी र यात्रुबीच सम्पर्क गराउने माध्यम मात्र हो। भाडा दर, भुक्तानी, यात्रा विवरण, ढिलाइ, रद्द, दुर्घटना, क्षति, बीमा, सुरक्षा, कानुनी दायित्व वा कुनै पनि प्रकारको विवाद सम्पूर्ण रूपमा यात्री र सवारी साधन धनीबीचको विषय हुनेछ। Sawari Rental ले कुनै पनि प्रत्यक्ष वा अप्रत्यक्ष जिम्मेवारी, क्षतिपूर्ति वा दाबी वहन गर्ने छैन।

4, Booking/Cancellation/Refund
(A) Booking
1, Advance Payment: Booking को लागि ग्राहकले Sawari Rental लाई total amount को 20% advance online भुक्तानी गर्नुपर्नेछ।
2, Remaining Payment:
बाँकी payment सम्बन्धी जिम्मेवारी Vehicle Owner को हुनेछ र Trip दौरान वा Trip समाप्त भए लगत्तै Customer बाट तुरुन्तै लिनु पर्नेछ। Trip पूरा भएपछि ग्राहक र Vehicle Owner बीच कुनै पनि payment वा अन्य कुनै पनि विवाद भएमा, Sawari Rental प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कुनै जिम्मेवार हुने छैन।
3, Confirmation Call: Booking confirm भएपछि 1 घण्टा भित्र, ग्राहक र Vehicle Owner दुबैले call मार्फत pickup/drop location, date, time, payment details, र कुनै पनि extra charges बारे स्पष्ट रूपले कुरा गर्नु अनिवार्य हुनेछ।

(B) Cancellation Validity:
1, Booking confirm भएपछि cancellation नियम तलको अनुसार मात्र मान्य हुनेछ।
2, Driver को नम्बर share नगरेसम्म मात्र ग्राहकले रद्द गर्न सक्नेछन्।
3, Driver नम्बर share भए पछि कुनै पनि रद्द र refund मान्य हुने छैन।
(C) यदि Vehicle Owner ले Booking रद्द गरेमा, स्वयम् समयमै वैकल्पिक गाडीको व्यवस्था गर्नु अनिवार्य हुनेछ। 
(D) वैकल्पिक गाडीको व्यवस्था नगरेमा, ग्राहक वा Sawari Rental ले गरेको वैकल्पिक व्यवस्थाको तोकिएको भन्दा बढी लागेको लागत गाडी मालिकले तिर्नुपर्नेछ।
(E) यसरी तिर्न असफल भएमा, प्रचलित कानुन अनुसार कानुनी कारबाही भोग्नुपर्नेछ।

(D) Refund
1, रद्द, परिवर्तन वा Refund सम्बन्धी नीति Sawari Rental ले निर्धारण गर्ने अधिकार राख्दैन।
2, यो पूर्ण रूपमा customer र vehicle owner बीचको सहमतिमा आधारित हुनेछ।
3, यो नीति उक्त Condition “4b” अनुसार लागू हुनेछ।

5, गाडी विकल्पको जिम्मेवारी
गाडी बुक गरी यात्रा गर्दा गाडी बिग्रिएमा, विकल्पको व्यवस्था गर्नु पूर्ण जिम्मेवारी गाडी मालिकको हुनेछ। यदि मालिक असमर्थ भए, अरू गाडी ग्राहक वा Sawari Rental ले उपलब्ध गराएमा, भएको थप खर्च गाडी मालिकले बेर्नुपर्नेछ। 
6, सेवा गुणस्तर र दायित्व अस्वीकरण
Sawari Rental निम्न विषयहरूमा कुनै पनि प्रकारले जिम्मेवार हुने छैन:
सवारी साधनको अवस्था, मर्मत वा कार्यक्षमता
चालकको व्यवहार, अनुभव वा योग्यता, दुर्घटना, ढिलाइ, हानी, क्षति वा कुनै पनि अप्रत्याशित घटनाहरू, बीमा, लाइसेन्स तथा अन्य कुनै पनि कानुनी वैधता सम्बन्धी विषयहरू, जुन customer र vehicle owner बीच प्रत्यक्ष रूपमा सम्बन्धित हुन्छन्
7, सामग्री र जानकारीको सत्यता
Sawari Rental मा देखाइएका फोटो, विवरण, दर, गाडीका कागजात, मालिकको लाइसेन्स, बिमा, नागरिकता र फोटोसहितको अन्य सम्पूर्ण जानकारी सवारी साधन धनीले प्रदान गरेको हो। Sawari Rental ले ती जानकारीको पूर्ण सत्यता, अद्यावधिक अवस्था वा वर्तमान स्थिति बारे कुनै प्रकारको ग्यारेन्टी, जिम्मेवारी वा दाबी स्वीकार गर्दैन। यस सन्दर्भमा सम्पूर्ण जिम्मेवारी सवारी साधन धनीमा रहनेछ।
8, सेवा निलम्बन वा बन्द
Sawari Rental कुनै पनि प्रयोगकर्ताको सेवा निलम्बन वा बन्द गर्न सक्नेछ यदि प्रयोगकर्ताले यी सर्तहरूको उल्लङ्घन गरे, गैरकानुनी गतिविधि गरे वा प्लेटफर्मको दुरुपयोग गरे। यस्तो निर्णय कम्पनीको निर्णय अनुसार हुनेछ र सूचना दिइएको/नदिइएको हुन सक्छ।
9, बौद्धिक सम्पत्ति अधिकार
Sawari Rental को नाम, लोगो, वेबसाइट सामग्री, र अन्य बौद्धिक सम्पत्ति Sawari Rental को स्वामित्वमा रहेका छन्। अनुमति बिना कुनै पनि सामग्रीको प्रतिलिपि, वितरण वा प्रयोग निषेध छ।
10, लागू कानुन र अधिकार क्षेत्र
यी सर्तहरू नेपालको प्रचलित कानुन अनुसार व्याख्या तथा कार्यान्वयन गरिनेछ। कुनै पनि विवाद वा दावी उत्पन्न भएमा सम्बन्धित नेपाली अदालतको एकमात्र अधिकार क्षेत्र लागू हुनेछ।
11, सर्त परिमार्जन
Sawari Rental आवश्यकताअनुसार यी सर्तहरू समय–समयमा संशोधन गर्न सक्नेछ। संशोधित सर्तहरू प्लेटफर्ममा प्रकाशित भए पश्चात तत्काल लागू हुनेछन्।

सम्पर्क
Sawari Rental सम्बन्धी कुनै प्रश्न वा जानकारीका लागि:
Website: Sawario.com
Phone / WhatsApp: 9705677777

© 2022 Sawario - Sawari Rental. All rights reserved.