Menu

(A) Introduction & Platform Information

Last Updated: 03 Jan, 2026

1, तल लेखिएका सेवा सर्तहरू (“सर्तहरू”) Sawari Rental (“SawariRental.com”, “हामी”, “हाम्रो”) द्वारा प्रदान गरिने अनलाइन सवारी साधन सूचीकरण तथा सम्पर्क सेवाको प्रयोग गर्दा लागू हुने कानुनी सम्झौता हो। SawariRental.com एक tour and travel company होइन, र हामी केवल दर्ता गरिएको (registered) vehicle rental service provider मात्र हौं।

2, SawariRental.com वेबसाइट मार्फत online booking गर्ने प्रत्येक व्यक्ति (“यात्री/Customer” वा “सवारी साधन धनी/Vehicle Owner”) ले यी सर्तहरू पूर्ण रूपमा पढी, बुझी र स्वीकार गरेको मानिनेछ। साथै, SawariRental.com मा सूचीकरण गरिएका सवारी साधनहरू विभिन्न travellers, travel owners तथा agencies का हुन् । ती सवारी साधनहरूको भाडा दर, सर्त–नियम तथा सम्पूर्ण जानकारी सम्बन्धित सवारी साधन धनी वा agency कै आफ्नै हुन्छ र त्यसका लागि उनीहरू स्वयं जिम्मेवार हुनेछन्।
Sawari Rental को सेवा प्रयोग गरेर सवारी साधन सूचीकरण गर्ने वा भाडामा लिने प्रत्येक पक्षले माथि उल्लेखित सर्तहरू स्वीकार गरेको मानिनेछ।

3, सेवाको प्रकृति
Sawari Rental एक अनलाइन प्लेटफर्म मात्र हो, जसले सवारी साधन धनी र यात्रुबीच सम्पर्क स्थापित गर्ने सुविधा प्रदान गर्छ।
Sawari Rental ले: आफ्नो स्वयं का सवारी भाडामा दिने, स्वयं का सवारी सञ्चालन गर्ने, चालक उपलब्ध गराउने, वा प्रत्यक्ष यातायात सेवा प्रदान गर्ने कार्य गर्दैन।

4, प्रयोगकर्ताको योग्यता
a, सेवा प्रयोग गर्ने व्यक्ति कम्तिमा १८ वर्ष पूरा भएको र कानुनी रूपमा सम्झौता गर्न सक्षम हुनुपर्छ।
b, Sawari Rental को माध्यम बाट चल्ने सवारी Sawari Rental मा दर्ता भयेको हुनुपर्छ।

c, सवारी चालकले ट्राफिक नियम, कानुनी नियम र Sawari Rental का नियम पालना गर्नुपर्छ।
d, Valid Licence, Insurance वा Sawari का कागजात नभएका गाडी/चालकलाई अनुमति छैन। 

e, अनधिकृत गाडी प्रयोग हुँदा दुर्घटना वा क्षति भएमा, पूर्ण जिम्मेवारी गाडी मालिकको हुनेछ।

5, महत्वपूर्ण बुकिङ स्पष्टिकरण
(यात्री तथा सवारी साधन धनी दुबैका लागि)**
(यस खण्डको सामग्री तपाईंले अघि स्वीकृत गर्नुभएको कानुनी क्लज नै मानिनेछ र यहाँ पूर्ण रूपमा लागू हुनेछ।)
Sawari Rental केवल सवारी साधन धनी र यात्रुबीच सम्पर्क गराउने माध्यम मात्र हो। भाडा दर, भुक्तानी, यात्रा विवरण, ढिलाइ, रद्द, दुर्घटना, क्षति, बीमा, सुरक्षा, कानुनी दायित्व वा कुनै पनि प्रकारको विवाद सम्पूर्ण रूपमा यात्री र सवारी साधन धनीबीचको विषय हुनेछ। Sawari Rental ले कुनै पनि प्रत्यक्ष वा अप्रत्यक्ष जिम्मेवारी, क्षतिपूर्ति वा दाबी वहन गर्ने छैन।

6, Sawari Rental को सेवा प्रयोग गरेर सवारी साधन सूचीकरण गर्ने वा भाडामा लिने/दिने प्रत्येक पक्षले हाम्रा सबै सर्तहरू स्वीकार गरेको मानिनेछ।

(B) User Rules & Responsibilities

. User Eligibility

a. Service प्रयोग गर्ने व्यक्ति कम्तिमा 18 years पुगेको हुनुपर्छ।
b. User कानुनी रूपमा agreement गर्न सक्षम हुनुपर्छ।
c. Sawari Rental मार्फत चल्ने vehicle registered हुनुपर्छ।

 
2. Driver & Vehicle Rules

a. Driver ले traffic rules तथा कानुनी नियम पालना गर्नुपर्छ।
b. Valid Licence, Insurance तथा आवश्यक vehicle documents अनिवार्य हुनेछ।
c. Unauthorized vehicle वा invalid documents भएका driver लाई अनुमति हुनेछैन।

 
3. Accident & Damage

Responsibility
a. Unauthorized vehicle प्रयोग गर्दा हुने accident वा damage को पूर्ण जिम्मेवारी Vehicle Owner कै हुनेछ।
b. Vehicle condition, maintenance, performance वा driver behavior का लागि Sawari Rental जिम्मेवार हुने छैन।

 
4. Information Accuracy

a. Website मा देखाइएका: Photos, Vehicle Details, Licence, Citizenship, Other Documents सम्बन्धित Vehicle Owner द्वारा प्रदान गरिएको जानकारी हो।
b. Sawari Rental ले उक्त जानकारीको accuracy, validity वा updated status को guarantee गर्दैन।

(C) Booking / Cancellation / Refund Policy

1. Booking Through Vehicle Owner / Agency 
a. Booking
Booking सम्बन्धी सम्पूर्ण प्रक्रिया Customer र Vehicle Owner / Agency बीचको आपसी सहमतिमा आधारित हुनेछ।

b. Cancellation
Cancellation policy सम्बन्धित Customer र Vehicle Owner बीच तय हुनेछ।

c. Refund
Refund सम्बन्धी निर्णय पनि पूर्ण रूपमा Customer र Vehicle Owner / Agency बीच निर्भर हुनेछ।
यस अवस्थामा Sawari Rental कुनै पनि प्रकारको mediator वा responsible party हुने छैन।

 

2. Booking Through Sawari Rental
a. Advance Booking

Booking confirm गर्न कुल रकमको 20% advance online payment गर्नुपर्नेछ।
b. Remaining Payment
बाँकी payment Trip दौरान वा Trip समाप्त भए लगतै Vehicle Owner/Driver लाई direct तिर्नुपर्नेछ।

c. Confirmation Call
Booking confirm भएपछि 1 hour भित्र:
Pickup Location
Drop Location
Date & Time
Payment Details
Extra Charges
Customer र Vehicle Owner दुबैले phone call मार्फत confirm गर्नुपर्नेछ।
यस सम्बन्धमा Trip दौरान वा पछि उत्पन्न हुने dispute मा Sawari Rental जिम्मेवार हुने छैन।

 

3. Cancellation / Refund Policy
a. Cancellation वा refund सम्बन्धी अन्तिम निर्णय Customer र Vehicle Owner बीचको agreement अनुसार हुनेछ।
b. चालक वा ग्राहकको contact number share हुनु अघि गरिएको cancellation मा full refund लागू हुनेछ।
c. चालक वा ग्राहकको contact number share भएपछि गरिएको cancellation मान्य हुने छैन र कुनै पनि refund प्रदान गरिने छैन।
d. यदि ग्राहकले travel date postpond गर्न अनुरोध गरेमा, vehicle owner र ग्राहक बीचको सहमतिमा मात्र हुनेछ। सो सहमतिमा Sawari Rental कुनै पनि प्रकारको आपत्ति जनाउने छैन। साथै यस कारणले हुने कुनै पनि बाधा, नोक्सान वा भाडा कम/बढी हुने विषयमा Sawari Rental जिम्मेवार हुने छैन।

(D) Liability Disclaimer & Legal Responsibility

1. Important Booking Clarification
a. Sawari Rental केवल Customer र Vehicle Owner बीच contact गराउने platform मात्र हो।
निम्न विषयहरूमा Sawari Rental जिम्मेवार हुने छैन:
Payment Issues, Delay, Cancellation, Accident, Damage, Insurance, Service Quality, Legal Disputes यी सम्पूर्ण विषय Customer र Vehicle Owner बीचकै जिम्मेवारी हुनेछ।


2. Alternative Vehicle Responsibility
a. Booking confirm भएपछि Vehicle Owner ले trip cancel गरेमा alternative vehicle arrange गर्नु Owner कै जिम्मेवारी हुनेछ।Trip दौरान vehicle खराब भएमा replacement vehicle उपलब्ध गराउनु पनि Owner कै जिम्मेवारी हुनेछ।
b. Additional cost लागेमा उक्त extra amount सम्बन्धित Vehicle Owner ले नै बेहोर्नुपर्नेछ।.


3. Sawari Rental Liability Disclaimer

a. With Driver Booking मा:
Accident, Theft, Fire, Insurance Claim, Third Party Damage, Legal Issues सम्बन्धी सम्पूर्ण जिम्मेवारी Vehicle Owner कै हुनेछ।

b. Self Drive Booking मा:
Vehicle Owner र Customer दुवैले आपसी agreement तथा prevailing law अनुसार जिम्मेवारी वहन गर्नुपर्नेछ।
Sawari Rental कुनै पनि direct वा indirect liability बाट पूर्ण रूपमा मुक्त रहनेछ।

4. Applicable Law
यी Terms & Conditions नेपालको prevailing law अनुसार लागू हुनेछन्।
कुनै पनि dispute नेपाली अदालतको jurisdiction अन्तर्गत पर्नेछ।


5, Visual Content Disclaimer
Sawari Rental मा प्रयोग गरिएका केही banners, images, graphics वा promotional visuals illustrative, reference-based अथवा AI-generated हुन सक्छन्। त्यसैले वेबसाइटमा देखाइएका सबै visuals वास्तविक vehicle, location वा service सँग पूर्ण रूपमा मेल खान  वा नखान सक्छन्।
कुनै पनि booking वा निर्णय गर्नु अघि सम्बन्धित vehicle/service को original photos, videos तथा आवश्यक विवरण प्रत्यक्ष रूपमा request गरी पुष्टि गर्नुहुन अनुरोध गर्दछौं।

(E) Suspension & Contact Information

1. Suspension / Termination
Sawari Rental ले:
Rule violation
Illegal activities
Platform misuse
भएमा कुनै पनि account suspend वा remove गर्न सक्नेछ।

2. Intellectual Property Rights
Sawari Rental को:
Name
Logo
Website Content
Branding Materials
सम्पूर्ण intellectual property अधिकार Sawari Rental कै स्वामित्वमा रहनेछ।
Permission बिना कुनै पनि सामग्री copy, distribute वा reuse गर्न पाइने छैन।


3. Terms Modification
Sawari Rental ले आवश्यकताअनुसार Terms & Conditions समय–समयमा modify गर्न सक्नेछ।
Updated terms platform मा publish भएपछि तुरुन्त लागू हुनेछन्।


4. Contact Information
Address: Pokhara Nepal
Phone / WhatsApp: 9705677777
Email: info@sawarirental.com
Website: SawariRental.com